एनभीए राष्ट्रिय लिग भलिबल अन्तर्गत पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबलाई | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एनभीए राष्ट्रिय लिग भलिबल अन्तर्गत पुरुषतर्फको उपाधि हेल्प नेपाल क्लबलाई

काठमाडाैं, २६ चैत । हेल्प नेपाल क्लबले पाँचौं संस्करणको आरबीबी जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेदकुद परिषदको कर्भडहलमा बिहीबार भएको फाइनलमा विभागीय टोली एपीएफ क्लबलाई ३–० को सेटमा पराजित गर्दै हेल्प नेपालले उपाधि जितेको हो ।

हेल्प नेपालले एपीएफमाथि २५–१४ २५–२० र २५–२२ को सोझो सेटमा जित निकाल्यो । भारतीय खेलाडी सम्मलित हेल्प नेपालको यो लगातार दोस्रो पटक उपाधि जितेको हो । समग्रमा हेल्प नेपालको यो तेस्रो उपाधि हो । उपाधिसँगै हेल्प नेपालले नगद ३ लाख प्राप्त गरेको छ ।

उपविजेता एपीएफले १ लाख ५० हजार, तेस्रो भएको बुलबुले राराले ७६ हजार र चौंथो नेपाल पुलिसले ३७ हजार ५ सय प्राप्त गरेका छन् । महिलातर्फ फाइनलमा न्यु डाईमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);