‘प्रधानमन्त्री नियमित काम गर्न सक्षम’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘प्रधानमन्त्री नियमित काम गर्न सक्षम’

pm oli returns from singapore

काठमाडौं, २१ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधार भएकाले उनले नियमित कामलाई निरन्तरता दिन सक्ने चिकित्सकले बताएका छन्। प्रधानमन्त्री ओली सिंगापुरबाट शुक्रबार स्वदेश फर्किएलगत्तै उनकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले उक्त कुरा बताएकी हुन्। डा. शाहका अनुसार उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेकाले प्रधानमन्त्री ओली नियमित कामलाई निरन्तरता दिन सक्षम छन्।

प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या देखिएपछि भदौ ५ गते उपचार गराउन सिंगापुर गएका थिए। सात चरणमा प्लाज्मा फेरेसिस प्रक्रियाबाट उपचार गराएपछि ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको हो।

डा. शाहले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको शरीरमा बढिरहेको ‘एन्टिबडी’ लाई वैज्ञानिक प्रविधिबाट हटाउने प्रक्रिया सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पताल (एनयुएच) मा पूरा भएको उल्लेख छ।

उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएकाले प्रधानमन्त्री नियमित काममा फर्कन सक्ने विज्ञप्तिमा जनाइएको छ। लामो समयदेखि मिर्गौला रोगबाट पीडित रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार आएको चिकित्सकले बताएका छन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);