कहिले सच्चिएला कर्मचारी प्रवृत्ति ? नारामा विकास र सुशासन व्यवहारमा कुशासन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कहिले सच्चिएला कर्मचारी प्रवृत्ति ? नारामा विकास र सुशासन व्यवहारमा कुशासन

nijamati karmachari

काठमाडौं, २६ भदौ । निजामती कर्मचारीले कार्यक्रम र भाषणमा सुशासन र विकासको नारा बारम्बार दोहो¥याउँदै आए पनि व्यवहारमा भने ठीक उल्टो परिणाम पाइएको छ । नारा र कार्यक्रममा विकास र सुशासन समेटेर नथाक्ने कर्मचारी व्यवहारमा भने कुशासन फैलाउन उद्दत देखिएको प्रशासनका जानकार बताउँछन् । कर्मचारीले २२ भदौमा निजामती सेवा दिवस मनाउन थालेको १६ वर्ष भयो ।

१६ वर्षमा तय गरेका १६ वटा नारामा विकास, सुशासन, पारदर्शिता, सेवा प्रवाहलाई उच्च प्राथमिकता दिइएको छ तर उपलब्धि भने झन् पछि झन् कमजोर हुँदै गएको र मुलुक सुशासनको मामिलामा झनै कमजोर हँुदै गएको प्रशासनका जानकारको अनुभव छ । प्र्रशासन विद् भीम देव भट्ट निजामती प्रशासनको प्रणाली नै कमजोर भएकाले यस्तो समस्या देखिएको बताउँछन् । उनले २०४६ पछिको राजनीतिक परिवर्तनपछि निजामती सेवा ऐनमा आएको परिमार्जन तथा सेवा सुविधाका कारण निजामती सेवा कमजोर बन्न पुगेको बताए ।

निजामती सेवामा टे«ड युनियनको व्यवस्था गरिएको, आधिकारिक टे«ड युनियनबाहेक पनि विभिन्न राजनीतिक आस्थाका आधारमा टे«ड युनियनको विकास हुन थालेकाले पनि कुशासन मौलाउन पुगेको उनले बताए । कर्मचारीले शपथ लिएर सेवामा प्रवेश गरेदेखि कार्यक्षेत्रमा काम गर्दा पनि विकास र सुशासनलाई उच्च प्राथमिकतामा राखेको बताउँदै आएका छन् । उनीहरूले प्रत्येक वर्ष २२ भदौमा मनाउने निजामती सेवा दिवसको नारामा पनि विकास, सुशासन, सेवा प्रवाह, पारदर्शिताका विषयलाई समेट्ेदै सोहीअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दैआएका छन् ।

कर्मचारीले शपथदेखि प्रत्येक वर्षका नीति तथा कार्यक्रममा दोहा¥याउँदै आएको विकास र सुशासन परिणाममा भने भ्रष्टाचार रकुशासनका रूपमा देखा परेको हो । कर्मचारी प्रशासनमा बढ्दो भ्रष्टाचार, सेवाप्रवाहमा ढिलासुस्ती तथा अनियमितता नियन्त्रण हुननसक्दा नारामा मात्रै सीमित बन्न पुगेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न समयमा गर्दै आएको स्टिङ अप्रेसनमा समेत घुस लिँदै गर्दा कर्मचारी पक्राउ पर्ने क्रम बढेको छ । एक वर्षमा मात्रै १५० भन्दा बढी कर्मचारी घुस प्रकरणमा पक्राउ पर्नुले पनि कर्मचारीमा कुशासन मौलाउँदै गएको अख्तियारको ठहर छ । यो समाचार राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);