आज निजामती सेवा दिवसः देशको विकास एवं जनताको सेवामा समर्पित हुन प्रधानमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

आज निजामती सेवा दिवसः देशको विकास एवं जनताको सेवामा समर्पित हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, २२ भदौं । प्रधानमन्त्री केपी ओलीले निजामती कर्मचारीलाई देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभएको छ ।

निजामती सेवा दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रसेवकलाई स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ लागि आफ्नो दक्षता अभिवृद्धि गर्दै देशको विकास एवं जनताका सेवामा निष्ठापूर्वक समर्पित हुन आग्रह गर्नुभएको हो ।

निजामती सेवाका संरचनाहरुलाई संघीय शासन व्यवस्थाअनुरुप रुपान्तरण गरी तीनै तहबीच संरचनागत, कार्यगत र भावनात्मक अन्तरसम्बन्धलाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको भन्दै प्रधानमन्त्री ओलीले निजामती कर्मचारीहरुले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नु जरुरी रहेको बताउनु भयो ।

नेपालको विभिन्न शासकीय व्यवस्थामा निजामती सेवाले आफ्नो सहभागिता जनाउँदै आएको भन्दै उहाँले लोकतान्त्रिक शासन व्यवस्थामा यसको भूमिका र जिम्मेवारी अझै गहन र व्यापक भएको उल्लेख गर्नुभएको छ । निजामती सेवाको यस्तो भूमिकामार्फत् नै मुलुकको आर्थिक–सामाजिक विकास गर्न सकिने पनि प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ ।

लोकतन्त्रका लाभको वितरण नागरिकसम्म पुयाई जनताको सेवा गर्न तथा राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्रीको भनाई छ । कोरोना भाइरस लगायत समयस–मयमा आउने अकल्पनीय बाढी, पहिरो, आगलागीजस्ता विपद्का अवस्थामा कर्मचारीले देखाएको परोपकारी भावना र सम्पादन गरेको काम प्रशंसनीय रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख गरिएकोे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);