१५ औँ निजामती सेवा दिवस दिवस मनाईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

१५ औँ निजामती सेवा दिवस दिवस मनाईयो

nijamati sewa diwas

कविता कार्की
काठमाडौं, २२ भदौ
। तटस्थ, मर्यादित, भष्टाचारमुक्त, अनुशासित, जनमुखी र परिणाममुखी मुलमन्त्रका साथ परिचालीत भएका निजामती कर्मचारीले आमनागरिक तथा सेवाग्राहीको विश्वास भने जित्न सकेका छैनन् । राष्ट्रसेवक भनेर संबोधन गर्ने गरिएपनि सरकारी कामकाजका लागि कार्यालय पुग्ने सेवाग्राही काम बन्छ भनेर ठुक्क हुने अवस्था सृर्जना हुन सकेको छैन ।

नतिजामुखी प्रशासन, सम्वृद्धि र सुशासन भन्ने नाराका साथ शुक्रबार निजामती सेवा दिवस दिवस मनाइएको छ । देशको प्रशासनिक क्षेत्रलाई निष्पक्ष र तटस्थ बनाउन खटिएका कर्मचारीहरुबाट सेवा पाउनुपर्ने सेवाग्राही भने धेरै जसो हैरानी नै खेपिरहेका छन् । कुनै न कुनै कारण देखाउने र सेवाग्राहीलाई दुःख दिने काम भएको सर्वसाधारणको गुनासो छ ।

सरकोको नीति तथा कार्यक्रममा समृद्ध नेपाल शुखी नेपालीको नारा समेटिएको छ । सरकारले लिएका नीतिको सफलता वा असफलता स्थायी सरकार मानिने कर्मचारी प्रशासनको प्रभावकारीतामा निर्भर गर्छ । तर, सरकारको प्रतिनिधि तथा जनसेवाको जिम्मेवारी लिएकार्यालयमा पुग्ने हरेक सेवाग्राही कर्मचारीको आलोचना नै गरिरहेका हुन्छन् ।

आम नागरिकका जतिनै गुनासो आएपनि निजामती सेवाका अधिकारीहरु भने आफ्नो कमजोरी लुकाउनमै सिमित छन् । उनीहरु आफ्नो जस्तासुकै कमजोरी र गुनासो रहेपनि जनताको सेवामा समर्पित रहेको दावी गर्छन ।

कर्मचारीप्रति जसरी नागरिक गुनासो छ त्यसरी नैं नागरिकका विषयमा समेत कर्मचारीहरु गुनासो गर्न पछि पर्दैनन् । उनीहरु केहि कर्मचारीको व्यवहारका आधारमा सबै कर्मचारीलाई नकारात्मक रुपमा लिन नमिल्ने बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);