बलात्कारविरुद्ध विद्यालय तहका छात्राहरुको र्‍याली | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बलात्कारविरुद्ध विद्यालय तहका छात्राहरुको र्‍याली

काठमाडौं, २२ भदौ । काठमाडौंमा बालिका बलात्कारविरुद्ध विद्यालय तहका छात्राहरुले पनि र्‍याली निकालेका छन् । बालिका बलात्कार गर्नेलाई फाँसीको सजाय दिन सरकारसँग माग गर्दै शुक्रबार काठमाडौंको डिल्लीबजारस्थित पदमकन्या माध्यामिक विद्यालय र डिल्लीबजार कन्या मल्टिपल क्याम्पसको आह्वानमा र्‍याली निकालिएको हो ।

र्‍यालीमा सहभागी भएका छात्राहरुले देशका विभिन्न भागमा बढ्दै गईरहेको बलात्कारको घटनालाई रोक्न कडा कदम नचालेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

उनीहरुले कञ्चनपुरकी निर्मला पन्तलगायतका बालिका र किशोरीहरुलाई बलात्कार गरी हत्या गर्नेलाई तत्काल पक्राउ गरी फाँसीको सजाय दिन सरकारसँग माग गरेका छन् ।

बालिकामाथि दैनिकजसो हत्या, बलात्कार लगायतका घटना घट्दा पनि सरकारले उचित कदम नचालेपछि त्यसको बिरोधमा आफूहरुले पनि र्‍यालीसहितको प्रर्दशन गर्नु परेको डिल्ली बजार कन्या मल्टिपल क्याम्पसकी छात्रा सपना गिरीले बताइन् । उनले आफूहरुको सुरक्षा दिन पनि सरकारसँग माग गरिन् ।

डिल्लीबजारबाट सुरु भएको र्‍याली पुतलीसडक, बाघबजार हुँदै रत्नपार्कस्थित शान्ति वाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);