भारतमा बालिका बलात्कार गर्नेलाई फाँसीको सजाय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

भारतमा बालिका बलात्कार गर्नेलाई फाँसीको सजाय

death penalty

एजेन्सी , ९ बैशाख । भारतका राष्ट्रपति रामनाथ केविन्दले १२ बर्ष भन्दा कम उमेरका वालिकालाई बलात्कार गर्ने दोषीलाई फाँसीको सजाय दिन स्वीकृती दिएका छन् ।
केन्द्रीय मन्त्रिपरिषदको शनिबारको बैठकले यौन अपराधसम्बन्धी कानुन संशोधन गरी १२ बर्ष भन्दा कम उमेरका बालिकालाई बलात्कार गर्ने दोषीलाई फाँसीको सजाय दिने निर्णय गरेको थियो ।

केही समययता भारतमा बलात्कारको घटनामा बृद्धि भएपछि अधिकारकर्मीहरुलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै आएका थिए । मौजुदा कानूनमा १८ बर्ष मुनिको बालिकालाई बलात्कार गर्नेलाई अधिकतम आजीवन काराबास र न्यूनतम ७ बर्षको कारागार सजाय निर्धारण गरिएको थियो । यसका अतिरिक्त बेग्लाबेग्लै अपराधका लागि फरक–फरक सजायको ब्यवस्था भारतीय कानूनमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);