नयाँदिल्लीमा निर्भया बलात्कारकाण्डका ४ जना दोषीलाई फाँसी दिइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

नयाँदिल्लीमा निर्भया बलात्कारकाण्डका ४ जना दोषीलाई फाँसी दिइयो

dehli

एजेन्सी, ७ चैत । भारतको नयाँदिल्लीमा भएको निर्भया बलात्कारकाण्डका ४ जना दोषीलाई शुक्रबार फाँसी दिइएको छ । शुक्रबार सबेरै दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिइएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

निर्भया बलात्कार घटनाका दोषीहरु विनय शर्मा, पवन गुप्ता मुकेश सिंह र अक्षय कुमारलाई शुक्रबार तिहाड जेलमा झुण्ड्याएर फाँसी दिइएको हो । निर्भया मामिलाका चार दोषीका तर्फबाट फाँसीको सजायविरुद्ध पटियाला हाउस कोर्ट र दिल्ली हाई कोर्टमा याचिका दायर गरे पनि दुवै अदालतले खारेज गरिदिएका थिए । याचिका खारेज भएपछि दोषीहरुका वकिल अन्तिम अस्त्र प्रयोगका लागि मध्यरातमा सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतका न्यायाधीश भानुमतिको अध्यक्षतामा रहेको विशेष इजलासले पनि दोषीहरुको तर्फबाट पेस गरिएको दलील कमजोर भएको उल्लेख गर्दै याचिका खारेज गरिदिएपछि उनीहरुलाई फाँसी दिइएको हो ।

सन् २ हजार १२ को डिसेम्बर १६ मा साथीसँग बसमा हिँडिरहेका बेला एक २३ वर्षीया युवतीमाथि ६ जनाले सामूहिक बलात्कार गरेका थिए । घटनाको ११ दिनपछि युवतीलाई सिंगापुर लगिए पनि त्यसको २ दिनपछि उनको मृत्यु भएको थियो । निर्भयाका दोषीलाई कडा सजाय हुनुपर्ने माग राख्दै भारतभर तथा विश्वका विभिन्न मुलुकमा व्यापक विरोध प्रदर्शनसमेत भएको थियो । भारतीय कानुनले बलात्कारपीडितको नाम सार्वजनिक गर्न नदिने भएकाले ती युवतीलाई निर्भया नाम दिइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);