कोरोनाको कारण ८ हजार ९ सय ८८को मृत्यु, २ लाख २० हजार बढी संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

कोरोनाको कारण ८ हजार ९ सय ८८को मृत्यु, २ लाख २० हजार बढी संक्रमित

एजेन्सी, ६ चैत । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण १ सय ७६ देशमा देखिएको छ । भाइरसको संक्रमणबाट ८ हजार ९ सय ८८ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म २ लाख २० हजार ८ सय ४६ जनामा संक्रमण देखिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । कोरोना भाइरस संक्रमित मध्ये ८५ हजार ७ सय ८८ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण चीनमा भने कम हुँदै गएको छ । विगत केहिदिनदेखि चीनमा नयाँ संक्रमणको संख्या ज्यादै न्युन छ भने ज्यान गुमाउनेको संख्यामा पनि कमी आएको छ ।

चीनमा अहिलेसम्म ३ हजार २ सय ३७ जनाले ज्यान गुमाएका छन् भने ८० हजार ८ सय ९४ मा संक्रमण छ । ६९ हजार ६ सय १४ जना उपचारपछि घर फर्किएका छन् ।

चीनपछि दोस्रो धेरै प्रभावित मुलुक इटाली हो । इटालीमा ३५ हजार ७ सय १३ जनामा संक्रमण देखिएको छ । जहाँ ४ हजार २ सय ७ जनामा नयाँ संक्रमण देखिएको छ । अहिलेसम्म इटालीमा २ हजार ९ सय ७८ जनाले ज्यान गुमाएका छन् । जसमध्ये ४ सय ७५ जनाले एक दिनमै ज्यान गुमाएका छन् ।

त्यस्तै इरानमा १७ हजार ३ सय ६१ संक्रमित छन् । १ हजार १ सय ३५ जनाले ज्यान गुमाएका छन् । कोरोनाकै संक्रमणबाट स्पेनमा ६ सय ३८, जर्मनीमा २८, अमेरिकामा १५०, फ्रान्समा २६४, दक्षिण कोरियामा ८४, स्वीजरल्याण्डमा ३३, बेलायतमा १०४, नेदरल्याण्डमा ५८ जनाले ज्यान गुमाएका छन्

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);