बलात्कारीलाई फाँसीको माग गर्दै महिलाकाे अर्धनग्न प्रदर्शन (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बलात्कारीलाई फाँसीको माग गर्दै महिलाकाे अर्धनग्न प्रदर्शन (भिडियोसहित)

काठमाडौं, २ भदौ । बलात्कारी पुरुषलाई फाँसीको माग गर्दै राजधानीको माईतीघर मण्डलामा अभियन्ताहरुले अर्धनग्न प्रर्दशन गरेका छन् । शनिबार महिला अधिकारका अभियन्ताहरुले कालो पेटीकोट लगाएर प्रर्दशनमा उत्रिएपछि प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको छ ।

‘बलात्कारीलाई फाँसी दे’ भन्दै नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रण भित्रै पनि उनीहरुले नाराबाजी गरिरहेका थिए । प्रर्दशनमा संलग्न ५ महिला, एक पुरुष र एक जना तेश्रो लिङ्गीलाई प्रहरीले सिंहदरबारस्थित वृत्तमा राखेको छ ।

संविधानमा बलात्कारीलाई फाँसीको व्यवस्था गर, बलात्कार विरुद्ध संयुक्त -यालीको व्यानरमा झण्डै दुई दर्जनको संख्यामा मण्डलामा भेला भएका युवा युवतीले संविधान संशोधनको माग गरेका छन् ।

उनीहरुले बलात्कारीलाई फाँसीको व्यवस्था गर्न माग गरेका छन् । मुलुकमा बलात्कारका घटना बढ्दै जानु र दोषीलाई कडा कारवाही नहुनु लगायत घटनाबाट आक्रान्त बनेको युवा पुस्ता यस अभियानमा संलग्न छन् ।

विशेष गरेर नयाँ पुस्ताका युवा युवतीहरुले सामाजिक सञ्जाल मार्फत नै बलात्कारीलाई फाँसी दिनुपर्ने अभियान चलाईरहेका छन् । मण्डलामा पनि सामाजिक सञ्जालमा सशक्त हुँदै आएका युवायुवतीको उपस्थिति थियो ।

भदौ १ गते देखि लागु भएको मुलुकी अपराध संहिता ऐनले सार्वजनिक स्थानमा अर्धनग्न प्रर्दशन गर्नेलाई पनि कानुनी कारवाही हुने व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);