बलात्कारीलाई कडा सजायको माग गर्दै प्रर्दशन | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

बलात्कारीलाई कडा सजायको माग गर्दै प्रर्दशन

काठमाडौं, २४ चैत । बलात्कारीलाई कडा सँजायको माग गर्दै किशोर किशोरीले राजधानीमा प्रर्दशन गरेका छन् । बलात्कार विरुद्धको राष्ट्रिय अभियानको संयोजकत्वमा किशोर किशोरीले शनिबार राजधानीको माईतीघर मण्डलामा प्रर्दशन गरेका हुन् ।

दैनिकजसो बलात्कारका घटना भईरहँदा पनि सरकार त्यस प्रति गम्भीर नबनेको भन्दै सर्वत्र निन्दा र भत्र्सना भईरहेका बेला किशोर किशोरीले प्रर्दशन गरेका हुन् ।

बिभिन्न नाममा बलात्कार बिरुद्धको प्रर्दशन गर्दै आएको बलात्कार बिरुद्धको राष्ट्रिय अभियानले शनिबारको प्रर्दशनलाई बलात्कारीलाई श्रद्धाञ्जली नाम दिएको थियो ।

बलात्कारी मानसिकताको अन्त्य, बलात्कार जन्य घटनाको अन्त्य र बलात्कारीको अन्त्यको प्रतिकात्मक सन्देश दिन बलात्कारीलाई श्रद्धाञ्जली नाम दिईएको सहभागीले बताए । प्रर्दशनकारीले बलात्कारीलाई आजिबन कैदको सँजायको व्यवस्था गर्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);