माईतीघर मण्डलामा प्रदर्शन गर्ने मानव अधिकारकर्मी प्रहरीको नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

माईतीघर मण्डलामा प्रदर्शन गर्ने मानव अधिकारकर्मी प्रहरीको नियन्त्रणमा

maitighar mandala

काठमाडौं, २१ असार । सरकारले निषेध गरेको काठमाडाैँको माईतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका मानव अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै बिहीबार निषेधित क्षेत्र माईतीघर मण्डलामा प्रदर्शन गर्न पुगेका आधा दर्जन बढि मानव अधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सरकारले तोकेको निषेधित क्षेत्रमा विरोध प्रदर्शनमा उत्रिएका मानव अधिकारीकर्मीहरुले वरिष्ठ चिकित्सक केसीको जायज माग सम्बोधन गर्न माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

जुम्लामा पुगेर पुनः आमरण अनसनमा बसेका वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था गम्भिर भएपछि जीवन रक्षाकाे माग गर्दै निषेधित क्षेत्रमै मानव अधिकारकर्मीहरु प्रर्दशनमा उत्रिएका हुन् । त्यसक्रममा प्रहरीले आधा दर्जन बढि मानव अधिकारीकर्मीहरुलाई नियन्त्रणमा लिएको छ ।

नागरिक समाजका अगुवाहरु समेत सहभागी भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै आमरण अनसन बसेकी गंगामाया अधिकारीको जीवन रक्षा गर्न समेत पहल नगरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।

उनीहरुले नागरिकको स्वतन्त्रतापूर्वक विरोध प्रर्दशन गर्न पाउने अधिकार हनन् हुने गरी काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोकेकोमा आपत्ति जनाउँदै तत्काल हटाउन पनि सरकारको  ध्यानाकर्षण गराएका छन् । सरकार नागरिकको अधिकार हनन् गर्न योजनावद्ध ढंगले लागेको मानव अधिकारकर्मीहरुको आरोप छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);