डा.केसीको जीवन रक्षाकाे माग गर्दै काँग्रेस निकट पेशागत संघ, संस्थाको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डा.केसीको जीवन रक्षाकाे माग गर्दै काँग्रेस निकट पेशागत संघ, संस्थाको प्रदर्शन

काठमाडौं, १७ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस समर्थित पेशागत संघ, संस्थाहरुले आमरन अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्नका लागि तत्काल पहल गर्न सरकारसँग माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेपाली काँग्रेस समर्थित पेशागत संघ, संस्थाहरुले बिहीबार काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म ¥यालीसहितको प्रदर्शन गर्दै डा. केसीको जीवन रक्षाका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेका हुन् ।

उनीहरुले डा. केसीसँग गरिएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि लगाएका थिए । डा. केसीको माग तत्काल सम्बोधन गरी उनको जीवन रक्षाका लागि पहल गर्न ढिलाई नगर्न पनि काँग्रेस निकट पेशागत संघ, संस्थाहरुले सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

विरोध प्रदर्शनमा काँग्रेस निकट चिकित्सक, वकील, पत्रकार, मानव अधिकारवादी, बुद्धिजीविलगायतको उल्लेख्य उपस्थिति रहेको थियो । आफूसँग गरिएको सहमति अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि डा. केसीले १६ औं पटक आमरन अनसन बसेको बिहीबार २३ औं दिन पुगेको छ ।

चिकित्सा क्षेत्रको सुधारका लागि डा. केसीले जीवनको समेत प्रवाह नगरि गरेको सत्याग्रहप्रति सरकारले कुनै चाँसो नदिएको भन्दै काँग्रेस निकट पेशागत संघ, संस्थाहरुले आपत्ति जनाउँदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);