प्रहरीको ‘सेफ्टी पिन’ अपरेसन प्रभावकारी भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रहरीको ‘सेफ्टी पिन’ अपरेसन प्रभावकारी भएन

prahari safety pin

काठमाडौं, १७ माघ । सार्वजनिक सवारी साधनमा महिला बिरुद्ध हुने हिंसा रोक्न प्रहरीले गत साउन देखी सेफ्टीपिन अभियान संचालन गर्यो । महिलालाई दुर्व्यवहार गर्ने नियतले सार्वजनिक सवारी साधन चढ्नेहरूलाई कारबाहीको दायरामा ल्याउन प्रहरीले उपत्यकामा सेफ्टी पिन स्टिङ अपरेसन त चलाएको छ । तर, पनि सार्वजनिक सवारीमा दुर्व्यवहारको सिकार हुनेक्रम रोकिएको छैन ।

सार्वजनिक सवारी साधनभित्र एक पुरुषले अश्लील क्रियाकलाप गरिरहेका भिडियोहरू सार्वजनिक भएपछि यति बेला सामाजिक सञ्जालमा आक्रोश फैलिएको छ । तर, सार्वजनिक सवारी साधनभित्र नै अश्लील क्रियाकलाप गर्ने युवक को थिए भन्ने अझै पत्ता लाग्न सकेको छैन ।

यो त एउटा प्रतिनिधि घटना मात्र हो । राजधानीमा सार्वजनिक सवारीमा यात्रा गर्ने महिला तथा युवतीहरू यस्ताखाले दुर्व्यवहारमा पहिलेदेखि नै पर्दे आएका छन् । सार्वजनिक यातायातमा महिला माथी हुने हिंसा रोक्न गत साउन देखी प्रहरीले उपत्यकामा सेफ्टी पिन स्टिङ अपरेसन चलाएको छ । तर पनि महिलामाथि हुने दुर्व्यवहार भने रोकिएको छैन

महिलालाई दुर्व्यवहार गर्ने नियतले सार्वजनिक सवारी साधन चढ्नेहरूलाई कारबाहीको दायरामा ल्याउन प्रहरीले २०७४ देखी हाल सम्म ४ सय भन्दा बढीलाई पक्राउ गरिसकेको छ भने ७७ वटा मुद्दा दर्ता भएको छ । त्यस्तै ३ सय भन्दा बढीलाई मिलापत्र गरी पठाएको प्रहरीको भनाई छ । सार्वजनिक सवारीमा अपशब्द बोल्ने, गाली गलौज गर्ने पनि कारबाहीको दायरमा आएका छन् ।

प्रहरीले सवारी साधनमा महिलामाथि हुने दुर्व्यवहारलाई नियन्त्रण गर्न उपत्यकाका तीन जिल्लाहरूमासादा पोसाकमा प्रहरी समेत परिचालन गरेको छ । तीन जिल्ला मध्ये काठमाडौँमा सबैभन्दा बढी यस्ता गतिविधि हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

सार्वजनिक सवारी साधनमा आवत जावत गर्दा सतर्कता अपनाउनु पर्ने प्रहरीको सुझाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);