देव गुरुङको प्रश्न, 'कांग्रेसले किन प्रतिनिधिसभाकाे बैठक अबरुद्ध पारेको हो ?' | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

देव गुरुङको प्रश्न, ‘कांग्रेसले किन प्रतिनिधिसभाकाे बैठक अबरुद्ध पारेको हो ?’

काठमाडौं, १७ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिहीबार किन प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको भनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई प्रश्न गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेलगत्तै सत्तारुढ नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रतिनिधिसभा बैठक लगातार अवरुद्ध पार्नुको अन्तर्य स्पष्ट पार्न काँग्रेससँग माग गरेका छन् ।

त्यस अवसरमा उनले संचारकर्मीमाझ सरकारले काँग्रेसको माग अनुसार दुई वटा अस्पताल संघीय सरकार मातहत ल्याउने निर्णय गरिसक्दा पनि काँग्रेसले किन प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो ? भन्दै प्रश्न गरेका छन् ।

प्रमुख सचेतक गुरुङले संसद बैठकलाई विधिसम्मत ढंगले अघि बढाउने काममा अवरोध सृजना नगर्न पनि काँग्रेसलाई आग्रह गरे । संसद बैठक अवरुद्ध पारिरहे लोकतन्त्र नै गम्भिर संकटमा फस्ने प्रमुख सचेतक गुरुङको भनाई छ ।

प्रमुख सचेतक गुरुङले काँग्रेस सांसदहरुले संसदको नियमावली विपरित सभामुखमाथि आलोचना गरेर बोलेको भन्दै आपत्ति जनाएका छन् । संसद नियमावलीमा सभामुखलाई आलोचना गरेर बोल्न नपाउने व्यवस्था गरिएपनि सो व्यवस्था विपरित काँग्रेस सांसदहरुले अभिव्यक्ति दिईरहेको प्रमुख सचेतक गुरुङको दावी छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठक पनि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती ढंगले पारित गराएको भन्दै सत्ता पक्ष र सभामुख कृष्णबहादुर महराको आलोचना गर्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अवरुद्ध पारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);