सरकार संवेदनशील नभएकाले प्रतिनिधिसभा अवरुद्ध : बालकृष्ण खाँड | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

सरकार संवेदनशील नभएकाले प्रतिनिधिसभा अवरुद्ध : बालकृष्ण खाँड

काठमाडौं, १७ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आमरन अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार संवेदनशील नभएकाले प्रतिनिधिसभा बैठक बिहीबार पनि अवरुद्ध पार्नु परेको स्पष्टिकरण दिएको छ ।

नेपाली काँग्रेसका प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँडले डा. केसीसँग गरिएको सहमति विपरित सरकार र सभामुखले प्रतिनिधिसभाबाट जबरजस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि आफ्नो पार्टीले संसद बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएको स्पष्टिकरण दिए ।

उनले सभामुख कृष्णबहादुर महरा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच संवादको माध्याम बन्नु पर्नेमा सत्तापक्षीय बनेकाले उनको आलोचना गर्नु परेको बताए । बिहीबार प्रतिनिधिसभा बैठक अवरुद्ध पारेपछि संचारकर्मीमाझ कुरा गर्दै प्रमुख सचेतक खाँडले काँग्रेसले जनसरोकारका विभिन्न विषयलाई लिएर पनि सरकारविरुद्ध आन्दोलन सुरु गरेको स्मरण गराए । नेपाली काँग्रेसले डा. केसीको माग सम्बोधन नगरेसम्म संसद बैठक चल्न नदिने अडान राख्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);