सरकारका प्रवक्ता भन्छन् , 'डा. केसीको अनसन तोडाउने काम उनलाई बोक्नेहरुकै' | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

सरकारका प्रवक्ता भन्छन् , ‘डा. केसीको अनसन तोडाउने काम उनलाई बोक्नेहरुकै’

काठमाडौं, १७ माघ । सरकारले डा. गोविन्द केसीको अनसन तोडाउने काम उनलाई बोक्नेहरुकै भएको जनाएको छ । सरकारका प्रवक्ता एवम् सूचना तथा संचार प्रविधिमन्त्री गोकुल बास्कोटाले डा. केसीको अनसन तोडाउने काम उनलाई बोक्नेहरुकै जिम्मा भएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार मन्त्रीपरिषद बैठकको निर्णयबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले डा. केसीको सबै काम पूरा गरेको दावी समेत गरे । मन्त्री बास्कोटाले सो विधेयक संसदको दुवै सदनबाट पारित भएकाले यस सम्बन्धमा बहस गरिरहनुको औचित्य नरहेको स्पष्ट पारे ।

उनले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई संसदले पारित गरिसकेको सो विधेयकमाथि अनावश्यक बहस निकालेर संसद अवरोध नगर्न पनि सचेत गराए । काँग्रेसले ‘पूर्व ताकेर पश्चिममा प्रहार’ गर्न खोजिरहेको मन्त्री बास्कोटाको भनाई छ ।

मन्त्री बास्कोटाले डा. केसीसँग गरिएको सहमति अनुसार प्रधानमन्त्री केपी ओलीकै अगुवाईमा सो विधेयक संसदबाट पारित गरिएको स्पष्ट पारे । मन्त्री बास्कोटाले एउटा व्यक्तिको मागलाई बोकेर संसद अवरोध गर्ने काम कसैले पनि गर्न नहुने बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);