डा. केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

डा. केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, १७ असोज । चिकित्सा शिक्षा सुधारको माग गर्दे अनसन बस्नुभएका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवन रक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन ।

अनसनको २० दिन पुग्दा समेत सरकारले केसीका मागहरु पूरा गर्न कुनै कदम चाल्न नसकेको प्रदर्शनमा सहभागि युवाहरुले बताएका छन । भदौ २९ गतेबाट अनसन थाल्नुभएका केसी अहिले त्रिवि शिक्षण अस्पतालमा हुनुहुन्छ ।

प्रदर्शनमा सहभागि युवाहरुले केसीको अवस्था जटिल बन्दै गएको बताएका छन । केसीको स्वास प्रस्वासमा समस्या देखिएको, बोल्न सक्ने अवस्था नरहेकोले तत्काल माग पुरा गरी केसीको माग पुरा गर्न माग गरिएको हो ।

केसीको उपचारमा संलग्न चिकित्सकहरुले केसीको अवस्था जटिल बन्दै गएकाले आइसियुमा उपचार गर्नुपर्ने बताएपनि केसीले मान्नुभएको छैन । सरकारको प्राथमिकता देश र जनताका समस्या नभएकाले केसीसँग वार्ताका लागि अहिलेसम्म कुनै पहल समेत नगरेको उनीहरुको आरोप छ ।

माइतीघर मण्डलामा युवाहरुले ‘केसीको आवाज कहिले सुन्छौ सरकार’ भन्दै नारा समेत लगाएका थिए । केसीले ६ बुँदे माग अघि सार्दै जुम्लाबाट अनसन सुरु गर्नुभएको हो । दुर्गममा मेडिकल कलेज खोल्नुपर्ने, विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने लगायतका माग उहाँले राख्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);