परराष्ट्र मन्त्रीको प्रश्न:स्णविक हतियारमा लगानी गर्ने कि गरिबी निवारणमा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

परराष्ट्र मन्त्रीको प्रश्न:स्णविक हतियारमा लगानी गर्ने कि गरिबी निवारणमा ?

काठमाडाैं,१७ असाेज । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्वले अब आर्थिक लगानी आणविक हतियारमा गर्ने हो कि गरिवी निवारणमा भनी प्रश्न गर्ने समय आएको बताउनु भएको छ।

आणविक हतियारलाई पूर्ण रुपमा उन्मुलन गर्ने सम्वन्धी अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा आयोजना गरिएको उच्चस्तरीय सम्मेलनलाई भर्जुअल सम्बोधन गर्दै मन्त्री ज्ञवालीले उक्त कुरा बताउनु भएको हो । मन्त्री ज्ञवालीले अनन्त सर्वनाशमा लगानी गर्ने कि वातावरण संरक्षणमा भन्ने प्रश्न समेत गर्नुभयो ।

हरेक वर्ष आणविक हतियारमा धेरै पैसा खर्च भइरहेको उल्लेख गर्दै उहाँले हतियारमा गरिने लगानीको सानो अंशले लाखौं मानिसलाई भोकमरी र रोगबाट जोगाउने, स्वच्छ खानेपानी र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सकिने बताएउनु भयो । बिग्रदो वातावरणीय अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मन्त्री ज्ञवालीले त्यसका लागि अझै बढी कुटनीतिक प्रयासहरु गर्नुपर्नेमा जोड दिनुभयो ।

आणविक हतियार सम्बन्धी नेपालको नीतिलाई अन्तर्राष्ट्रिय समुदाय माझ स्पष्ट गर्दै मन्त्री ज्ञवालीले निःशस्त्रीकरणबाट मात्र विश्व शान्ति र सुरक्षा प्राप्त गर्न सकिने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);