डा.केसीको मागमा सरकार किन अनुदार ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

डा.केसीको मागमा सरकार किन अनुदार ? (भिडियोसहित)

काठमाडौं, १७ असोज । स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै डाक्टर गोविन्द केसी अनशनरत हुनुहुन्छ । साद्गी चिकित्सकको यस पटकको अनशन १९ औं हो । गत भदौ २९ देखि १९ औं अनशन शुरु गर्नुभएका डाक्टर केसीको स्वास्थ्य सुधारको मागमा सरकार अनुदार बन्दै आएको छ ।

कर्णालीमा एमबीबीएस पढाइ, ७ प्रदेशमा प्रादेशीक मेडिकल कलेज र पीसीआर परीक्षणको माग राख्दै डाक्टर केसी अनशनरत हुनुहुन्छ। नागरिक न्यूनतम स्वास्थ्यको माग गर्दै डा. गोविन्द केसीको अनसन १९ औं पटक हो । संविधानमा लेखिएको स्वास्थ्य मौलिकको विषयलाई लिएर डा. केसीको आन्दोलन जारी भएपनि सरकार मागप्रति अझै उदार बनेको छैन ।

यद्यपी डा. केसीको यस पटकको अनशन नयाँ होइन, विगतदेखि उठाउदै आएका मागको कार्यांन्वयनका लागि दबाब हो ।गरिब र विपन्नहरु पनि डाक्टर अध्ययन गर्न पाउनुपर्छ भन्दै डा. केसीले आन्दोलन गर्दै आएपनि वर्तमान सरकार उदार बन्न सकेको छैन ।

अनशनरत डाक्टर केसीको स्वास्थ्य अवस्था निकै जटिल बन्दै गएको छ। स्वास्थ्य अवस्था बिग्रिदै गएकोले सरकार गम्भीर हुन आवश्यक छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);