डा. केसीको समर्थनमा माइतिघरमा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

डा. केसीको समर्थनमा माइतिघरमा प्रदर्शन

dr govinda kc protest

काठमाडौं, ५ साउन । अनशनरत चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गरिएको छ । विभिन्न राजनीतिक दल र नागरिक समाजका अगुवाहरुले केसीको जीवनरक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, नागरिक समाजका अगुवा कृष्ण पहाडी, श्याम श्रेष्ठ, साहित्यकार खगेन्द्र संग्रौला लगायत व्यक्तित्वहरू उपस्थित छन् । त्यसैगरी प्रदर्शनमा पूर्व प्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ र सुशीला कार्की, नेपाली कांग्रेस र विबेकशील साझाका नेता कार्यकर्ता, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा लगायत सहभागी छन् । अभिनेत्री मनिषा कोइरालासहित थुप्रै कलाकार पनि प्रदर्शनमा सहभागी छन् ।

मेडिकल शिक्षामा सुधारको माग राख्दै गोविन्द केसी २२ दिनदेखि अनशनरत छन । केसीको स्वाथ्य अवस्था बिग्रदै जाँदा पनि सकारले उनको मागप्रति वेवास्ता गरेको भन्दै प्रदर्शनकारीले आक्रोश व्यक्त गरेका छ्न ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);