डा. केसीको समर्थनमा काठमाडौंमा वृहत प्रदर्शन गरिंदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डा. केसीको समर्थनमा काठमाडौंमा वृहत प्रदर्शन गरिंदै

dr govinda kc

काठमाडौं, ५ साउन । वरिष्ठ चिकित्सक गोविन्द केसीको पक्षमा आज काठमाडौंमा वृहत प्रदर्शन गरिंदै छ । २२ दिनदेखि अनशनरत केसी र सरकारबीचको वार्ता अनिश्चित भइरहेका बेला बुद्धिजीवीहरुको उपस्थितिमा आज वृहत प्रदर्शन गर्न लागिएको हो ।

माइतीघर मण्डलाबाट नयाँ वानेश्वरसम्म गरिने जुलुस प्रदर्शनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र कल्याण श्रेष्ठ, अभिनेत्री मनिषा कोइराला, मानवअधिकारवादी कृष्ण पहाडी, नागरिक समाजका अगुवाहरु डा देवेन्द्रराज पाण्डे, खगेन्द्र संग्रौला, श्याम श्रेष्ठ लगायत सहभागी हुने बताइएको छ ।

केसीका मागप्रति समर्थन जनाई सरकारलाई संसदमा दर्ता गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिनका लागि दबाब दिनु प्रदर्शनको मुख्य उद्देष्य भएको बताइएको छ । सरकारले वार्ता गर्न तत्परता नदेखाउँदा तथा अनशन २२ औं दिनमा पुगी स्वास्थ्य अवस्था कमजोर हुँदै जाँदा चिकित्सक केसीको समर्थन गर्नेको संख्या दिनहुँ बढ्दै गएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);