सरकार र डा. केसी टोलीबीच आज वार्ता हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

सरकार र डा. केसी टोलीबीच आज वार्ता हुँदै

dr govinda kc


काठमाडौं, २२ असोज । सरकारी टोली र अनसनरत डाक्टर गोविन्द केसीका तर्फबाट बनेको टोलीबीच आज वार्ता हुने भएको छ ।

डाक्टर केसीको अनशनप्रति बेवास्ता गर्दै आएको सरकारले सर्वत्र दबाबपछि गठित तीन सदस्यीय वार्ता समितिले आज केसीसँग वार्ता गर्ने भएको हो ।

सरकारले डाक्टर केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली छ । टोलीमा स्वास्थ्य मन्त्रालयका सह–सचिव डाक्टर गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डाक्टर दिलीप शर्मा रहनुभएको छ ।

यता केसीका तर्फबाट डाक्टर जीवन क्षेत्रीको संयोजकत्वमा चार सदस्यीय टोली गठन भएको छ । टोलीका सदस्यहरूमा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डाक्टर अन्जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डाक्टर लोचन कार्की र ओमप्रकाश अर्याल हुनुहुन्छ ।

डा. केसीको सत्याग्रहको २५औं दिनमा सरकारले वार्ता गर्न लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);