डा गोविन्द केसी पक्षबीच आज पुनः वार्ता हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

डा गोविन्द केसी पक्षबीच आज पुनः वार्ता हुँदै

govinda kc

काठमाडौं, १ साउन । सरकारी वार्ता टोली र डा गोविन्द केसी पक्षबीच आज पुनः वार्ता हुँदै छ ।

सरकारले गठन गरेको वार्ता टोली र केसीका वार्ताकारहरुबीच सोमबार भएको वार्तामा कुरा नमिलेपछि आज पुनः वार्ता हुन लागेको हो । केसीपक्षीय वार्ताकारहरुले संसद्मा दर्ता गरिएको विधेयक फिर्ता लिएर अघिल्लो सरकारको पालामा तयार पारिएको विधेयक संसद्मा हुबहु पेश गरिनुपर्ने अडान लिएपछि सोमबारको वार्ता स्थगित भएको थियो ।

केसी पक्षीय वार्ताकारको अडान शिक्षामन्त्री गिरिराजमणि पोखरेल हुँदै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पुगेको छ । विधेयकका बारेमा प्रधानमन्त्री ओलीको धारणाका आधारमा सरकारी टोली वार्तामा बस्ने छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);