सरकारले वर्षको अन्तिममा आएर विकास बजेट बाढीमा बगायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सरकारले वर्षको अन्तिममा आएर विकास बजेट बाढीमा बगायो

nepali money

काठमाडौं, १ साउन । सरकारले विकास बजेट सक्न एकै दिन २७ अर्ब ६२ करोड ६५ लाख २४ हजार खर्च गरेको छ ।

आर्थिक वर्षको ११ महिनासम्म दैनिक ४८ करोड रुपैयाँ पुँजीगत बजेट खर्च गरेको सरकारले असार ३१ गते २७ अर्ब ६२ करोड ६५ लाख २४ हजार खर्च गरेको हो । एकै दिन यति ठूलो रकम खर्च गरिनुले ठूलो रकम हिनामिनाको आशंका गरिएको छ । ढुकुटीबाट पैशा झिकिनु काटिनु तर विकास निर्माणका काम भने जताततै अलपत्र हुनुले ठूलो रकम हिनामिनाको आशंका गरिएको हो ।

विकास निर्माणका काम गर्न वर्षायामलाई अनुपयुक्त मानिन्छ । तर सरकारले जनताको विकासको चाहना पूरा गर्न भन्दा खर्च गरेको देखाउन जथाभावीरुपमा ढुकुटीको रकम सकेको हो । विकास बजेट वर्षायामको बाढीमा बगाइएकामा धेरैले चिन्ता गरेका छन् । वर्षको अन्तिममा आएर बजेटको बाढी लगाइनुले वित्तीय अनुशासनको भाषण गर्दै आएका अर्थमन्त्री डाक्टर युवराज खतिवडाको भूमिका र नियतमाथि प्रश्न उब्जिएको छ । सरकारले आइतबार २७ अर्ब ६२ करोड ६५ लाख २४ हजारको चेक काटेसँगै पुँजीगत बजेटको खर्च ७६ दशमलव एक तीन प्रतिशत पुगेको छ ।

यो खर्च सरकारले बजेटको अर्धवार्षिक समीक्षामार्फत गरेको संशोधित खर्च अनुमानभन्दा बढी हो । सरकारले अर्धवार्षिक समीक्षामार्फत पुँजीगत बजेट ७१ दशमलव २ प्रतिशत अर्थात २ खर्ब ३८ अर्ब ६४ करोड ५२ लाख रुपैयाँ मात्र खर्च हुने अनुमान गरेको थियो । तर आइतबारसम्म २ खर्ब ५५ अर्ब १५ करोड ९५ लाख रुपैयाँ पुँजीगत बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । आर्थिक वर्षको अन्तिम दिन सोमबार काटिएको चेकको विवरण आउन बाँकी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);