मिटरब्याज पीडित र सरकारी टोलीबीच आज वार्ता हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मिटरब्याज पीडित र सरकारी टोलीबीच आज वार्ता हुँदै

काठमाडौं, २७ चैत्र । मिटरब्याज पीडित र सरकारी टोलीबीच आज पुनः वार्ता हुँदैछ । काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा आईतबार दिउँसो दुई पक्षबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि सोमबार  बिहान १० बजे पुनः वार्तामा बस्ने सहमति भएको हो ।

वार्तामा संघर्ष समितिले आफ्ना समस्याबारे सरकारलाई जानकारी गराएको थियो भने सरकारी वार्ता टोलीले सो समस्याबारे आफूहरु गम्भिर रहेको बताउँदै पुन वार्तामा बसी समस्या समाधान गर्ने आश्वासन दिएको थियो । वार्ता सोमबार पुनः बस्ने गरी सकिएको मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाहले बताउनु भयो । उहाँले वार्तामा आफूहरुको मागबारे सरकारलाई जानकारी गराइएको पनि बताउनु भयो ।

सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि गृृह मन्त्रालयका सहसचिव प्रदीप कोइरालाका नेतृत्वमा वार्ता टोली गठन गरेको छ । पीडित पक्षले मिटर ब्याज असुली गर्नेहरुलाई कडा कारबाही हुनुपर्ने, उनीहरुले आफूहरुमाथि लगाएका सम्पूर्ण मुद्दा फिर्ता गर्नुपर्नेलगायतका माग राखेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);