डा. केसी र सरकारी टोलिबीचको वार्ता निष्कर्षबिहीन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडाैं, ९ साउन । सरकार र डा. गोविन्द केसीको वार्ता असफल भएको छ । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशलाई हुबहु विधेयकको रुपमा ल्याउनुपर्ने अडानमा डा. केसी पक्ष उभिएपछि बुधबार दिनभरको सरकारसँगको वार्ता पनि असफल भएको हो ।

सरकारले केसीको माग सम्बोधन गर्ने मूल विषयमा प्रवेश नै गर्न नचाहेपछि वार्ता असफल हुन पुगेको केसीका वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहले आरोप लगाए । वार्तामा सरकारी वार्ता टोलीले भने सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदीय प्रक्रियालाई टुंगोमा पु-याउने प्रतिवद्धता जनाएको थियो ।

सरकारको सो धारणालाई डा. केसीका वार्ता टोलीले छलकपटको संज्ञा दिँदै यथास्थितिमा अव वार्तामा बस्न सक्ने अवस्था नरहेको प्रतिक्रिया पनि दिएको छ ।

यता सरकारी वार्ता टोलीका संयोजक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले संसदीय प्रक्रियाबाटै गोविन्द केसीको माग सम्बोधन गर्ने सरकारको अडान राखिएको बताए । उनले २ दिन भित्र पुनः वार्तामा बसी समस्याको समाधान खोज्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

वरिष्ठ चिकित्सक केसीले आफ्नो माग सम्बोधन गर्न माग गर्दै आमरण अनसन बसेको बुधबार २६ औं दिन पुगेको छ । सोही सम्बन्धमा सरकार र डा. केसी पक्षका बीचको वार्ता मंगलबारबाट सुरु भएपनि विना निष्कर्ष टुंगिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);