डा. केसीको माग सुनुवाइ गर्दै कर्णालीको आवाज श्रवण र सम्बोधन गर : कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

डा. केसीको माग सुनुवाइ गर्दै कर्णालीको आवाज श्रवण र सम्बोधन गर : कांग्रेस

bishwo prakash sharma

काठमाडौं, ३ असोज । नेपाली कांग्रेसले जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारलाई आग्रह गरेको छ । शनिबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।

डाक्टर के.सी.को जुम्लामा अनसनमा बसेको एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगर्नुलाई गम्भीरतापूर्वक लिएको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । १० साउन २०७५ मा प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा सम्झौता गरेको स्मरण गर्दै कांग्रेसले इमानदार वार्ता र सार्थक कार्यान्वयन’ का लागि सरकारसमक्ष माग गर्नुभएको छ ।

विज्ञप्तिमा डा. केसीका जायज मागहरु पूरा गर्ने दिशामा तत्काल प्रक्रिया आरम्भ गर्न संघीय सरकार र कर्णालीको प्रदेश सरकारलाई आग्रह गरिएको छ । डा. केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्ने, कोरोना भाइरसको पीसीआर परीक्षण को दायरा बढाउनु पर्ने , निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग राखेर गत भदौ २९ देखि जुम्लामा अनसनरत हुनुहुन्छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);