कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

काठमाडौं, ३ असोज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहनुभएका कोइरालालाई ज्वरो बढेपछि मंगलबार ओम अस्पतालमा भर्ना गरिएको थियो ।

डा. कोइरालाले आफ्नो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले आफ्नो स्वास्थ स्थितिमा क्रमिक सुधार आएसंगै अस्पतालबाट डिस्चार्ज भएको बताउनुभएको छ ।

शनिबार एक ट्वीट गर्दै डा. कोइरालाले चिकित्सकको सल्लाह बमोजिम अब केहि दिन होम आइसोलेशनमै रहने जानकारी दिनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);