शताब्दी पुरूष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

शताब्दी पुरूष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । शताब्दी पुरूष डा. सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रबार अस्पतालले एक विज्ञप्ति जारी गर्दे जोशीको स्वास्थ्य अवस्था सामान्य भएकाले उनलाई डिस्चार्ज गरिएको जानकारी दिएको छ ।

यसअघि जोशीको श्वास प्रश्वासमा समस्या, छातीको संक्रमण, मुटुको चालमा गडबडीका साथै रक्तचापमा कमी देखिएपछि जेठ २६ गते उनलाई ललितपुरको किष्ट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।अस्पताको जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल डा. जोशी ज्यूको स्वास्थ्यमा सुधार भइ उनी हिड्डुल गर्न सक्ने भएको छ ।

अस्पतालको बसाइको क्रममा उहाँको खानपिन सामान्य नै रहेको थियो । पल्मोनोलोजी कार्डिक तथा जेरियट्रिक फिजिसियनबाट समेत उहाँको अवस्था सुधारात्मक रहेको कुरा जानकारी भएकाले चिकित्सकको सल्लाह बमोजिम उहाँलाई शुक्रबार डिस्चार्ज गरिएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);