सत्यमाेहन जोशीलाई भेट्न अस्पताल पुगे पर्यटनमन्त्री आले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सत्यमाेहन जोशीलाई भेट्न अस्पताल पुगे पर्यटनमन्त्री आले

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेट्न अस्पताल पुगेका छन् । मन्त्री आलेले छातीको समस्याले ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा उपचार गराइरहेका जोशीकाे स्वास्थ्यअवस्थाकाे जानकारी लिएका हुन् ।

जोशीको उपचारको सम्पूर्ण खर्च किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले व्यहोरिरहेकाे छ । तर,मन्त्री आलेले जाेशीकाे उपचारमा आफूले सहयोग गर्न अस्पताल प्रशासनसँग इच्छा राखेकाे मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । जोशीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);