स्वरोजगार सिर्जना गर्न पर्यटन क्षेत्रको विकास हुनुपर्छ : पर्यटन मन्त्री आले | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

स्वरोजगार सिर्जना गर्न पर्यटन क्षेत्रको विकास हुनुपर्छ : पर्यटन मन्त्री आले

ओखलढुंगा । नेपाल सरकारका सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले स्वरोजगार सिर्जना गर्न पर्यटन विकासका काम आवश्यक भएको बताएका छन् । नेकपा एकीकृत समाजवादीका नेतासमेत रहेका मन्त्री आलेले ओखलढुंगाको लिखु गाउँपालिकामा आयोजित माटेबेँसी बाला चतुर्दशी मेला महोत्सवको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।

मेलामहोत्सव स्थल माटेबेंसीको धार्मिक पर्यटन प्रवर्द्धनका लागि पर्याप्त बजेट व्यवस्था गर्ने बताउँदै मन्त्री आलेले पर्यटन क्षेत्रको दीर्घकालीन  विकासका लागि स्वरोजगारलाई ध्यान दिएर मात्र योजना सञ्चालन हुनु पर्नेमा जोड दिए । उनले भने, ‘रोजगारी सिर्जना नहुने हो भने पर्यटनका नाममा हुने लगानीको अर्थ हुन सक्दैन ।’

उनले आफूले थुप्रै सुधारका काम थालेको पनि बताए । उनले कौडीको भाउमा बेचिन लागेको नेपाल एयरलाइन्स जोगाएको पनि दाबी गरे । उनले रेमिट्यान्सको सम्मान र सदुपयोग नभएकोमा दुःख व्यक्त गरे । ओखलढुंगाको लिखु स्थित वडा नम्बर ६ माटेमा रहेको प्रथम माटेबेंसी शिद्धेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न बजेट दिने पनि घोषणा गरे । 

यसका साथै फरक प्रसंगमा बोल्दै मन्त्री आलेले आगामी निर्वाचन जितेर देखाउने दाबी गरे । उनले भने, ‘समाजवादीले चुनाव जितेर देखाउँछ । मै जितेर देखाउँछु ।’ वर्तमान सत्ता गठबन्धन चुनाव पछिसम्म रहने उनको दाबी छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);