पर्यटन क्षेत्रमा उत्साहका साथ काम गर्न पर्यटन ब्यवसायीलाई मन्त्री अधिकारीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पर्यटन क्षेत्रमा उत्साहका साथ काम गर्न पर्यटन ब्यवसायीलाई मन्त्री अधिकारीको आग्रह

rabindra adhikari

काठमाडौं, १६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले २० वर्ष भित्र पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक विकासको प्रमुख आधारको रुपमा विकास गर्ने बताएका छन ।

सोमवार नेपाल पर्यटन बोर्डको २० औं वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँगको सहकार्यमा जोड दिने पनि स्पष्ट पारे । उनले पर्यटन उद्योगको भविष्य उज्यालो रहेको उल्लेख गर्दै उत्साहका साथ काम गर्न पर्यटन व्यवसायीहरुलाई आग्रह गरेका छन् ।

मन्त्री अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’को रुपमा विकास गर्न लागेको तथा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, र पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई तीबैताका साथ अघि बढाइएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटन क्षेत्रको दीगो विकासमा जोड दिन पर्यटन व्यवसायीहरुलाई आग्रह गरे । कार्यक्रममा पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्याउनेहरुलाई सम्मान समेत गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);