पर्यटन विश्वविद्यालय स्थापना गर्ने पर्यटनमन्त्री अधिकारीको उद्घोष | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पर्यटन विश्वविद्यालय स्थापना गर्ने पर्यटनमन्त्री अधिकारीको उद्घोष

rabindra adhikari

काठमाडौं, ३० असार । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले पर्यटन विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेका छन् ।

शनिबार गौरीशंकर गाउँपालिकाका सगरमाथा आरोहीहरुको सम्मानमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले पर्यटन क्षेत्रको समुचित विकासका लागि तत्काल एक लाखभन्दा बढि युवाहरुलाई तालिम दिने तयारी भएको बताए । उनले एक वर्षभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने दाबीसमेत गरे । मन्त्री अधिकारीले ३ वर्ष भित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र ७ वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिसक्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको जानकारी दिए ।

मन्त्री अधिकारीले दोलखाको गौरीशंकर गाउँपालिकाकालाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा दोलखाका प्रतिनिधिसभाका सांसद पार्वत गुरुङ, प्रदेश सभाका सांसद पशुपति चौंलागाईँले दोलखाको समृद्धिमा आफूहरु क्रियाशील रहेको बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);