महाशाखा प्रमुख ओमराज पौडेलको शव फेला | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

महाशाखा प्रमुख ओमराज पौडेलको शव फेला

om raj paudel

पोखरा, ३० असार । पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव २१ दिनपछि आज तनहुँमा भेटिएको छ ।

भिमाद नगरपालिका वडा नम्बर ६ स्थित सेती नदी किनारमा तैरिरहेको अवस्थामा पौडेलको शव भेटिएको हो । असार ९ गते बिहान घरबाट हिँडेका पौडेलले महेन्द्र पुलस्थित सेती नदीमा हाम फालेको प्रहरीले निष्कर्ष निकालेको थियो । सेती नदी किनारमा तैरिरहेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीमा खबर गरेको भिमाद प्रहरी चौकीका सई ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

शव भेटिएको जानकारी पाएलगत्तै परिवारका सदस्य तथा आफन्तजन भिमाद पुगेर शव पहिचान गरी परीक्षणका लागि पोखरास्थित गण्डकी अस्पताल लगिएको छ । पौडेल हराएको लामो समय बितिसकेकाले शव गलेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);