वेगनास ताल डुंगा दुर्घटना : बेपत्ता ६ जनाको शव फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

वेगनास ताल डुंगा दुर्घटना : बेपत्ता ६ जनाको शव फेला

begnas-tal-dunga durghatna

पोखरा, २४ भदौ । कास्कीको बेगनासतालमा शनिबार डुंगा दुर्घटना हुँदा बेपत्ता भएका ६ जनाको शव भेटिएको छ । उनिहरुको शव भेटिएसंगै डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

बेगनासका कमलनाथ कँडेलको घरमा तीजको दर खान गएका आफन्तहरु चढेको डुंगा डुबेको थियो । बेपत्ता ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं, ८ वर्षीय शिव खनाल, ७ वर्षीय शंकर खनाल र ४ वर्षीय रञ्जित गैरको शव आइतबार बिहान भेटिएको हो । ३२ वर्षीय रवी खनालको आइतबार दिउँसो शव फेला परेको छ ।

घटनापछि उद्दार गरि उपचार गर्न पठाइएका पोखरा–२८ की कृष्णकुमारी बजगाईंको लेखनाथ सामुदायिक अस्पतालमा र तनहुँ भीमादकी जमुना गैरेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा शनिबारै उपचारको क्रममा निधन भएको थियो ।

बेपत्ता सबैको शव भेटिएको कास्की प्रहरी जानकारी दिएको छ । दुर्घटनामा परेका सपना खनाल र निशा पौडेलको उद्दार गरिएको छ । लाइफ ज्याकेट नलगाएकै कारण उनीहरुको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);