(अपडेट) रौतहट डुंगा दुर्घटना : तीनको शव फेला, ४ अझै बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

(अपडेट) रौतहट डुंगा दुर्घटना : तीनको शव फेला, ४ अझै बेपत्ता

dunga durghatna rautahat

रौतहट, १० भदौ । रौतहटमा भएको डुंगा दुर्घटनामा बेपत्तामध्ये तीन जनाको शव फेला परेको छ । शनिवार साँझ रौतहटको गौर नगरपालिका–४ स्थित टीकुलिया घाटमा डुंगा दुर्घटना भएको थियो ।

दुर्घटनामा परि बेपत्ता मध्ये ३ जनाको शव फेला परेपनि अझै चारजना हराइरहेका छन् । उक्त घटनामा २४ जना पौडिएर बाच्न सफल भएका छन । उनीहरु स्थानीय प्रशासनको सम्पर्कमा आईसकेका प्रहरीले जनाएको छ । शनिवार साँझ खेतीबाट काम गरेर फर्किदै गर्दा पुलको पिलरमा ठोक्किएर डुङ्गा डुबेको थियो ।

बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बेपत्ताहरुको खोजीमा भारतीय सीमा सुरक्षा बलको टोली समेत खटिएको छ । अहिले दुर्घटनाग्रस्त डुङ्गालाइ बाहिर निकाल्ने प्रयास भइरहेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);