गिट्टी कुटेर गुजारा चलाउनेहरु पुरानै पेशा गर्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८०, बिहीबार

गिट्टी कुटेर गुजारा चलाउनेहरु पुरानै पेशा गर्न बाध्य

gitti kutne

प्रेम भाट
बैतडी, १० भदौ
। स्थानिय चुनावका बेला नेताहरुले घरघरमा गएर जनतालाई विभिन्न आश्वासन बाड्दै हिडेका थिए । त्यही आश्वासनका कारण बैतडी जिल्लामा समेत गिट्टी कुटेर गुजारा चलाउनेहरु नेताको पछि पछि लाग्न वाध्य भए । तर, आज तिनै प्रतिनिधीहरु चुनाव जितेर गईसकेपछि आफ्नो गाउँमा फर्केर नआएपछि पुरानै पेशा गर्न बाध्य छन् ।

गिट्टी कुटेर दैनिकी चलाईरहेका बैतडीका हरी महरलाई स्थानिय चुनाव पछि ठुलो परिवर्तन हुनेमा आशा लागेको थियो । तर, परिवर्तन त के भोट दिएर गएका आफ्नै जनप्रतिनिधी फर्केर समेत गाउँ नआउँदा पुरानै पेशा गर्न बाध्य छन् ।

प्रत्येक दिन काम भयो भने गिट्टी कुटेर दैनिक तीन सय देखि चार सय रुपैयासम्म आम्दानी हुने गरेको छ । तर, प्रत्येक दिन काम गर्न नसकिने अर्का मजदुर परु महराको भनाई छ ।

यी दुवै जनाले स्थानिय चुनाको बेला स्थानिय नेताहरुले गाडी रोकेर बुद्धभत्ता बढाउने लगायतका ठुला ठुला आश्वासन दिएको अहिलेपनि सम्झिन्छन् । तर, ती सवै भोट माग्नका लागी मात्र रहेको उनीहरुको बुझाई छ ।

बैतडी जिल्लामा यस्ता धेरै मजदुर भेटिन्छन । स्थानिय प्रतिनिधीले केही नगरेपछि मत दिएको समेत उनीहरुलाई पछुतो छ । अझै, ती प्रतिनिधीले उल्टै बाटोमा डोजर लगाएर बेला बेलामा रोजगारी समेत असर पारीदिदा झन दुख लागेको मजदुरहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);