प्रहरीको गोलीबाट मृत्यु भएका कञ्चनपुरका सन्नी खुनाको अन्त्येष्टि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रहरीको गोलीबाट मृत्यु भएका कञ्चनपुरका सन्नी खुनाको अन्त्येष्टि

sunny khona

कञ्चनपुर, १० भदौ । शुक्रबार प्रहरीको गोलीबाट मृत्यु भएका कञ्चनपुरको भिमदत्त नगरपालिकाका १४ बर्षीय सन्नी खुनाको कर्फ्यूकैबीच अन्त्येष्टी गरिएको छ । कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तको बालात्कार पछि भएको हत्याका दोषीको खोजी गरि कार्वाही माग गर्दा प्रहरीको गोलीबाट मृत्यु भएका खुनालाई अन्त्येष्टिमा नेपाल प्रहरीले सलामी दिएको छ ।

सरकारले सहिद घोषणा गरेपछि परिवारसँग सहमतिमा आईतबार अन्त्येष्टी गर्दासमेत कञ्चनपुरमा भने कफ्यु जारी थियो । खुनाको सवलाई अस्पतालबाट सिधै महाकालीस्थित घाटनमा पुर्‍याएर अन्त्यष्टी गरिएको हो ।

खुनाको शवमा बाबु वीर खुनाले दागवत्ति दिएका हुन् । प्रदेश नम्बर–७ का प्रदेश सभा सदस्य तारा लामा तामाङ्ग, भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, बेदकोटका मेयर अशोक कुमार चन्दले मृतक खुनाको पार्थिक शरिरमा राष्ट्रिय झण्डा ओढाएर मौन धारणा गरेका थिए । नेपाल प्रहरीले (एक चार)को ‘शहिद शोक सलामी’ अपर्ण गरेको छ ।

गत शुक्रबार साँझ पाँचबजे निर्मलाका हत्याराको खोजी र कार्वाहीको माग गरि प्रदर्शन गर्दैगर्दा प्रहरीले खुनाको खुट्टा र छातीमा गोली हानेको थियो । खुनाको मृत्युपछि आन्दोलनमा उत्रिएका स्थानीयले प्रहरी, प्रशासन र सरकारी बिरुद्ध नाराबाजी गर्दै शव स्टेचरमा राखेर प्रशासनतिर लगेपछि प्रहरीले शवसमेत नियन्त्रणमा लिएको थियो ।

महेन्द्रनगरमा कर्फ्यूका कारण महेन्द्रनगरका सर्वसाधारणभने मलामी बन्न समेत बञ्चित भए । आफन्त, भीमदत्त नगरका पदाधिकारी, कर्मचारी र केही स्थानीय मात्रै सहभागि भए । स्थानीय प्रशासनले शुक्रबार राती ८ बजेदेखि लागु हुने गरि जारी गरेको अनिश्चितकालिन कफ्र्यु अझै जारी छ ।

खुना परिवारलाई भीमदत्त नगरले ३ लाख राहत दिने घोषणा गरेको थियो । प्रहरीले चलाएको गोलीबाट घाईते भएका अर्जुन भण्डारा र उमेश देउवाको काठमाण्ठौँमा उपचार भईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);