निर्मला हत्या प्रकरण : कञ्चनपुरमा हिंसा, एक किशोरको मृत्य | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

निर्मला हत्या प्रकरण : कञ्चनपुरमा हिंसा, एक किशोरको मृत्य

kanchanpur-death

महेन्द्रनगर, ९ भदौ ।  महेन्द्रनगरमा शुक्रबार साँझ प्रहरीको गोलीले १७ वर्षे किशोरको ज्यान गएको छ। किशोरी निर्मला पन्त हत्या प्रकरणपछिको आन्दोलन हिंसात्मक भएपछि प्रहरीले गोली चलाएको थियो।

मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१८ भगतपुर घर भएका सन्नी खुना रहेका छन्। उनको छातीको बायाँपट्टी गोली लागेको छ। गोली लागेलगत्तै महाकाली अञ्चल अस्पताल पुर्‍याइएका खुनाको थप उपचारका लागि एम्बुलेन्समा लैजाँदै गर्दा ज्यान गएको हो।

खुनाको ज्यान गएपछि आक्रोशित प्रदर्शनकारीले स्टे«चरमा राखेर शव बोक्दै जिल्ला प्रशासन कार्यालय परिसर नजिकै ल्याएर छाडेका थिए। राति अबेरसम्म शव त्यही रहेको थियो।

महाकाली अञ्चल अस्पतालका अनुसार झडपमा ३० भन्दा बढी प्रर्दशनकारी घाइते छन्। घाइतेमा भीमदत्त नगरपालिका-४ का २४ वर्षीय मनोज खड्का, भीमदत्त-१८ जानकी टोलका १३ वर्षीय युवराज भट्ट, १७ वर्षीय चेतराज भट्ट, भीमदत्त-२ भाँसीका उमेश देउवा, शुक्लाफाँटा-१० झलारीका १५ वर्षीय दामोदर खत्री, २२ वर्षीय कवीन्द्र सिंह, भीमदत्त-१८ का २३ वर्षीय सगुन सुवेदी, वेदकोट-१० लालपुरका ३१ वर्षीय ईश्वर जोशी छन्।

त्यस्तै, महाकाली-९ दार्चुला दत्तुका १७ वर्षीय वीरेन्द्र नागरी, भीमदत्त-२ भाँसीका ३२ वर्षीय किशोर जोशी, शुक्लाफाँटा-१० झलारीका १३ वर्षीय चेतराज भट्ट, भीमदत्तकै १८ वर्षीय मनोज खड्का, खैरभट्टीकै ३५ वर्षीय रमेश साउद, भीमदत्त-१८ निम्बुखेडाका ४२ वर्षीय घनश्याम पन्त पनि घाइते भएका छन्।

निम्बुखेडाकै १५ वर्षीय पदमसिंह विष्ट, महाकाली नगरपालिका दोधाराका ४३ वर्षीय वीरबहादुर सिंह, भीमदत्त-२ भाँसीका २० वर्षीय हिमांशु भट्ट, भाँसीकै ४१ वर्षीय प्रेम ठाकुर, २८ वर्षीय जीतेन्द्र श्रेष्ठ, भीमदत्त-१८ गोरख रौले, भीमदत्त-१८ जानकी टोलका १९ वर्षीय मानसिंह रावत, भीमदत्त-१५ भगतपुरका ४६ वर्षीय सुरेश चटौत, भीमदत्तनगर महेन्द्रनगरका सागर विष्ट, दिल विष्ट, नैन सिंहलगायत घाइते छन्।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार पनि कफ्र्यु आदेश जारी गरेको छ। अर्को आदेश जारी नभएसम्म शुक्रबार बेलुका ८ बजेदेखि कफ्र्यु लगाउने सुरक्षा समितिले निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उदयराज जोशीले बताए।

प्रशासन कार्यालयका अनुसार भीमदत्त-४ र १८ को बजार क्षेत्रमा कफ्र्यु लगाइएको छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);