अपडेट : कञ्चनपुरमा प्रहरीको गोली लागेर २ बालकको मृत्यु (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अपडेट : कञ्चनपुरमा प्रहरीको गोली लागेर २ बालकको मृत्यु (भिडियोसहित)

अनिश्चितकालिन कर्फ्यू आदेश जारी

कञ्चनपुर, ८ भदौ । कञ्चनपुरमा प्रहरीले चलाएकाे गोली लागेर दुइ बालकको मृत्यु भएको छ । बलात्कारपछि हत्या गरिएकी  बालिकाको छानविन गर्न बनेको सरकारी समिति कञ्चनपुर पुगेकै दिन प्रहरीको गोली लागेर दुई बालकको मृत्यु भएको हो ।

मृत्यु भएका मध्ये १४ वर्षीय बालक चेतन भट्टको सनाखत भएको छ भने अर्का एक जनाको सनाखत हुन बाँकी छ । मृतक बालकको छातिमा गोली लागेका कारण स्थानीयले प्रहरी र प्रशासनको नियतमा प्रश्न उठाउँदै थप आक्रोसित भएका छन्।

प्रदर्शनका क्रममा अन्य पाँचजना घाइते भएका छन् । घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

गोली लागेर बालकहरुको मृत्यु भएपछि परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले पुनः अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । परिस्थितिलाई नियन्त्रणमा लिने भन्दै हिजो पनि कर्फ्यू आदेश जारी गरेर आज विहान मात्र हटाएको थियो ।

प्रहरीले निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा नक्कली अभियुक्त उभ्याएको भन्दै स्थानीयले गरेको प्रदर्शनमा गोली चलाएपछि स्थानीय थप आक्रोसित भएका हुन् ।

सरकारले घटनाकाे छाननविनका लागी कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ जनाको छानविन समिती गठन गरेको थियो । छाननविन टोली आजै मात्र कञ्चनपुर पुगेको थियो ।

यस प्रकरणमा सरकारले त्यहाँका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहितलाई हटाएर नयाँ टोली पठाएको थियो । उनीहरुले कार्यभार सम्हालेकै दिन थप दुर्घटना भएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);