निर्मला हत्याको विरोधमा डडेल्धुरामा प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

निर्मला हत्याको विरोधमा डडेल्धुरामा प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग

Home-minister-badal-ram-bahadur-thapa

कञ्चनपुर, ९ भदौ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको अनुसन्धानमाथि प्रश्न उठाउँदै डडेल्धुरामा आज पनि प्रदर्शन गरिएको छ । पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै शनिवार डडेल्धुरामा प्रदर्शन गरिएको हो ।

कञ्चनपुरमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शुक्रबार १४ बर्षीय बालकको मृत्यु हुँदा समेत सरकार चुप लागेर बसेको भन्दै आन्दोलनमा उत्रिएकाहरुले गृहमन्त्री रामबहादुर थापाले राजीनामा दिनुपर्ने माग गर्दै नाराबाजी गरेका छन् ।

त्यसैगरी कञ्चनपुरमा शान्तिपूर्ण आन्दोलनमा सहभागी १४ वर्षीय वालकको प्रहरीको गोली लागी मृत्यु भएको प्रति डडेल्धुराबासीले आक्रोस व्यक्त गरेका छन् ।

प्रहरीले निर्मला पन्तको हत्याको घटनामा अभियुक्तका रुपमा दिलिप विष्टलाई सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिन खोजेको स्थानीयको आरोप छ । प्रदर्शनमा नागरिक समाजका अगुवा, स्थानीय समाजसेवी, उद्योगी व्यवसायी लगायतको सहभागिता थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);