कञ्चनपुरमा प्रहरीले गोली चलाउँदा चारजना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कञ्चनपुरमा प्रहरीले गोली चलाउँदा चारजना घाइते

ghaite goli

कञ्चनपुर, ७ भदौ । कञ्चनपुरमा १३ बर्षिया बालिका निर्मला पन्तको हत्याको बिरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा चारजना घाइते भएका छन ।

घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । हत्याको बिरोधमा उत्रिएका प्रर्दशनकारीले पुर्वपश्चिम राजमार्ग अन्र्तरगत ट्राफिक चोक र प्रशासनतिर ढुङगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर घाइते हुनेहरुमा २४ बर्षिय सन्तोष कुमार कठरिया, ३६ बर्षिय तेजराज भट्ट, १९ बर्षिय अर्जुन भण्डारी र किरन प्रशाद पाण्डे रहेका छन ।

निर्मलाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले बास्तबिक दोषीलाइ उम्काउने कोशिस गरेको भन्दै स्थानीयले तीनदिनदेखी प्रदर्शन जारी राखेका छन । बुधवार महेन्द्रनगर बजारमा केन्द्रित आन्दोलन बिहिवारदेखी राजमार्ग केन्द्रित बनेको छ । स्थानीयले प्रहरीले गोली चलाएको प्रति असन्तुष्टि पोखेका छन । प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गको चोक चोकमा टायर बालेर यातायात अवरुद्ध पारेका छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);