कञ्चनपुरका सीडिओे, एसपी र डीएसपीको सरुवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

कञ्चनपुरका सीडिओे, एसपी र डीएसपीको सरुवा

ministry of home

काठमाडाैं, ७ भदाै । गृहमन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, एसपी र डीएसपीको सरुवा गरेको छ । १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले बास्तबिक दोषीलार्इ उम्काउने कोशिस गरेको भन्दै स्थानीयले प्रमुख जिल्ला अधिकारी, एसपी र डीएसपीको सरुवाको माग गर्दै तीन दिनदेखी प्रदर्शन जारी राखेका छन् ।

प्रदर्शनकारीको माग सम्बोधन हुने गरी सरकारले सुरक्षा अधिकारीको सरुवा गरेको छ । निर्मलाको बलात्कार पछि हत्या भएको बिरोधमा जारी प्रदर्शनमा प्रहरीले आज गोली चलाउँदा चारजना घाइते भएका छन् ।

घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । हत्याको बिरोधमा उत्रिएका प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग अन्र्तरगत ट्राफिक चोक र प्रशासनतिर ढुङगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर घाइते हुनेहरुमा २४ बर्षिय सन्तोष कुमार कठरिया, ३६ बर्षिय तेजराज भट्ट, १९ बर्षिय अर्जुन भण्डारी र किरन प्रशाद पाण्डे रहेका छन् ।

बुधवार महेन्द्रनगर बजारमा केन्द्रित आन्दोलन बिहीवारदेखी राजमार्ग केन्द्रित बनेको छ । स्थानीयले प्रहरीले गोली चलाएको प्रति असन्तुष्टि पोखेका छन । प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गको चोक चोकमा टायर बालेर यातायात अबरुद्ध पारेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);