प्रहरीको गोली लागेका घाइतेमध्ये एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

प्रहरीको गोली लागेका घाइतेमध्ये एक जनाको मृत्यु

महोत्तरी,१० मंसिर। महोत्तरीको बर्दिबासमा बालिका हत्याको बिरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बर्दिवास नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौंस्थित ग्रान्डी अस्पतालमा मृत्यु भएको हो ।

बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवासमा मंगलबार सडक अवरुद्ध पारेका थिए । राजमार्ग खुलाउन प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास र गोली चलाएको थियो । गोली लागेर तीनजना घाइते भएका थिए ।

बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विषयमा तनाव बढ्दै गएपछि जिल्ला प्रशासनले बर्दिबासमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आज बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लगाएको छ ।

निषेधाज्ञा पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिम मा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को पाटु र दक्षिणमा वार्ड नं ८ को क्वार्टर चौक सम्म लगाइएको छ । निषेधाज्ञा अबधिभर र उक्त क्षेत्र मा ५ जना भन्दा बढी भेला जम्मा हुन पाउने छैनन् । निषेधाज्ञा अबधिमा राजमार्ग भने सुचारू रहने छ ।

बर्दिवास नगरपालिका–१४ का सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव सोमबार मध्यराति फेला परेको थियो । बस्तीबाटै हराएकी खातुनको शव हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा भेटिएको थियो । बालिका हत्या आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ घर भई बर्दिवास नगरपालिका १४ बस्ने २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरेको छ ।

हत्याको आरोप लागेका साहको घरमा मंगलबार बिहान आक्रोशित स्थानीयले आगजनीसमेत गरेका थिए । घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);