म्यानमारमा सेनाले हानेको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

म्यानमारमा सेनाले हानेको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु

एजेन्सी, ११ चैत । म्यानमारमा सेनाले हानेको गोनी लागेर ७ वर्षीया बालिकाको मृत्यु भएको छ ।

सत्ता हातमा लिएर सैनिक कू गरेको सेनाले आन्दोलन दबाउन प्रदर्शनकारीमाथि गोली चलाउने क्रममा मन्डलेस्थित आफ्नै घरमा बसिरहेकी उनको मृत्यु भएको हो ।

७ वर्षीया बालिकालाई सेनाले हानेको गोली लागेको र घाइते अवस्थामा उपचारकालागि लैजादै गर्दा मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । सैन्य शासनविरुद्ध चलिरहेको आन्दोलनमा ज्यान गुमाउने उनी सबैभन्दा कम उमेरकी नागरिक हुन् ।

साथै उनका १९ वर्षीय दाइलाई पनि सेनाले पक्राउ गरेको छ । उनलाई पनि घरबाटै पक्राउ गरिएको जनाइएको छ ।

सेभ द चिल्ड्रनका अनुसार मनमारमा सैन्य शासन लागू भएयता २० जना बालबालिकाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म आन्दोलनका क्रममा १ सय ६४ जनाको मृत्यु भएको म्यानमारको सेनाले जनाएको छ ।

गत १९ माघमा सेनाले जननिर्वाचित नेत्री आङ सान सु चीसहित अन्य नेता र मन्त्रीहरूलाई नियन्त्रणमा लिएर सत्ता आफ्नो हातमा लिएको थियो । सेनाले सत्ता हातमा लिएयता बर्मामा दैनिक प्रदर्शन भइरहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);