दक्षिण कोरियाका राष्ट्रपति मुनले लगाए कोरोनाविरुद्धको खोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दक्षिण कोरियाका राष्ट्रपति मुनले लगाए कोरोनाविरुद्धको खोप

एजेन्सी, १० चैत । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले कोरोनाविरुद्धको खोप लगाएका छन्।

राष्ट्रपति मुनले मंगलबार अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्तरुपमा विकास गरेको अस्ट्राजेनिका खोप लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छन् । उनले दक्षिण कोरियको राजधानी सोलमा रहेको एक पब्लिक हेल्थ सेन्टरमा पुगेर खोप लगाएका हुन् ।

राष्ट्रपति मुन केही दिनपछि केही देशको भ्रमणका लागि जाँदै छन् । त्यसैले सो भ्रमणलाई समेत मध्यनजर गरेर स्वास्थ्य सुरक्षाका लागि उनले खोप लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले लगाएको अस्ट्राजेनिका खोपका कारण मानिसहरुमा रगत जम्ने समस्या देखिएको भन्दै इटाली, फ्रान्स, जर्मनीलगायतका युरेपेली मुलुकहरुमा यसलाई प्रतिबन्ध लगाइएको थियो । तर विश्व स्वास्थ्य संगठम लगायत औषधिको परीक्षण गर्ने संस्थाहरुले अनुसन्धान गरी यो खोप सुरक्षित र प्रभावकारी बताएपछि पुन खोप लगाउन थालिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);