६५ वर्षपछि खुसीको अँगालो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

६५ वर्षपछि खुसीको अँगालो

kim-moon

एजेन्सी, १५ बैशाख । दुई कोरियाको सीमा क्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ अन तथा दक्षिणका राष्ट्रपति मुन जे इनले कोरियाली प्रायद्वीपलाई परमाणु अस्त्र मुक्त पार्न काम गर्ने बाचा गरेका छन्।

सन् १९५३ मा युद्धविराममा टुंगिएको कोरियाली युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने एक शान्ति सन्धि यसै वर्ष गरिसक्ने सहमति पनि दुई नेताले गरेका छन्। केही महिनाअघिको वाकयुद्धको स्थितिपश्चात् अहिले दुई देशबीच वार्ताको अवस्था आइपुगेको हो।

शान्तिको आकांक्षा

वार्तापश्चात् बोल्दै किम जङ – उनले दुई कोरियाले झगडा गर्नुपर्ने कुनै कारण नरहेको भन्दै शान्तिप्रतिको चाहना दर्शाए। उनले दुवै देश एक हुनुपर्ने भने तर आफ्नो देशको अस्त्र विकासबारे केही बोलेनन्। दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले ले दुवै जनाले कोरियाली प्रायद्वीपको पूर्ण परमाणु निःशस्त्रीकरणमा प्रतिबद्धता जनाएको बताए।

त्यस्तो निःशस्त्रीकरणका विस्तृत विवरण दिइएको छैन। कतिपय विश्लेषकले अझै पनि उत्तर कोरियाको प्रतिबद्धताप्रति शंका व्यक्त गरेका छन्। वार्ता दुवै कोरियाबीचको सम्बन्धमा महिनौंदेखि भइरहेको सुधारको नतिजा हो।

किमले अघिल्लो साता केही समयका लागि परमाणु परीक्षण स्थगित गर्ने घोषणा गरेका थिए। दुई कोरियाली नेताको बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनसहितको दुवै देशका नेताले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्बन्धलाई थप मजबुद बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसका उच्च अधिकारीले दिएको जानकारीअनुसार दुवै नेताले कोठाभित्र नजिकबाट औपचारिक वार्ता गरेका थिए।

उनीहरू बीचमा दक्षिण कोरियाको पान्मुन्जोममा रहेको पिस हाउसमा शुक्रबार बिहानै झण्डै डेढ घण्टा वार्ता भएको हो।सन् १९५० देखि १९५३ सम्म भएको कोरिया युद्धपछि विभाजित भएको दुई कोरियाको सीमा क्षेत्रमा वार्ता भएको हो।औपचारिक वार्ताअघि किमलाई मुनले सैन्य प्रदर्शनी अगाडि अभिवादनसहित भव्य स्वागत गरेका थिए

दुई नेताहरूको ऐतिहासिक शिखर बैठकअन्तर्गत पहिलो चरणको वार्ता सम्पन्न भएपछि खानाको समय छुट्याइएको थियो। खाना खाएपछि फेरि भेटवार्ता गर्ने कार्यतालिका थियो।सन् १९५३ मा कोरियाली युद्ध सकिएपछि पहिलो पटक उत्तर कोरियाका नेता दक्षिण कोरिया गएका हुन्।

स्थानीय समयानुसार शुक्रबार बिहान साढे नौ बजे दक्षिण कोरियाली भूमिमा उत्तर कोरियाली नेता किम पुगेका थिए। बैठकस्थलमा प्रवेश गरेपछि आगन्तुक पुस्तिकामा उनले ‘शान्तिपूर्ण युगको प्रारम्भको बिन्दुमा एउटा नयाँ इतिहास सुरु भएको छ’, भनेर लेखेका थिए।

यसैबीच शुक्रबार दुई कोरियाका शीर्ष नेताबीच शिखर बैठक भएकोमा विभिन्न देशले स्वागत गरेका छन्। अमेरिकाले शिखर बैठकले दुई कोरियाली जनताको हितमा निर्णय गर्ने अपेक्षा गरिएको जनाएको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको शुक्रबारको भेटवार्तालाई ‘ऐतिहासिक र सुखद्’ भनेको छ। अस्ट्रेलियाले पनि दुई कोरियाको भेटवार्तालाई निकै सकारात्मक सन्देशका रूपमा लिइएको बताएको छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);