उत्तर कोरिया र दक्षिण कोरियाका प्रमुख नेता वार्तामा | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

उत्तर कोरिया र दक्षिण कोरियाका प्रमुख नेता वार्तामा

moon n eunn

एजेन्सी, १४ बैशाख । उत्तर कोरिया र दक्षिण कोरियाका प्रमुख नेता वार्तामा वसेका छन् । उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन दक्षिण कोरियामा गैरसैनिक क्षेत्रमा वार्तामा बसेका हुन् ।

उत्तर कोरियाली नेता किम सन् १९५३ को कोरियाली युद्धपछि वार्ताका लागि दक्षिण कोरिया पुग्ने पहिलो नेता बनेका छन् । युद्धपछि कोरिया उत्तर र दक्षिण कोरियाका रुपमा विभाजित भएको थियो । उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुन बीच दुई देशको सीमा क्षेत्रमा भेट भएको थियो ।

भेटका क्रममा किम र मुनले एकअर्कासँग हात मिलाएका थिए । त्यसक्रममा दुवै नेताहरूलाई एउटा परम्परागत कोरियाली सम्मान  दिइएको थियो र दुई देशको राष्ट्रिय गान बजाइएको थियो । दुई देशका प्रमुख नेता ६ दशकपछि वार्तामा बसेका हुन् । पहिलो सत्रको वार्तापछि उत्तर कोरियाली नेता किमले सीमावर्ती गाउँमा दिउसोको खाना खाने कार्यक्रम छ । त्यसका लागि किमले प्रख्यात होटलका सेफलाई सँगै लगेको बताइएको छ । खानापछि किम र इनले दुवै देशको माटो राखेर सल्लाको विरुवा रोप्नेछन् । लगत्तै दुई नेताबीच दोस्रो सत्रको वार्ता हुनेछ ।

वार्ताको अन्त्यमा दुई मुलुकमा शान्तिको चाहना पूरा गर्नका लागि महत्वपूर्ण सम्झौता गर्ने उत्तर कोरियाली नेता किमले बताएका छन् । किमको यो भनाइसँगै दुई कोरियाबीच युद्ध अन्त्य भएको औपचारिक घोषणा गरिने आशा गरिएको छ । यो ऐतिहासिक भेटवार्ताप्रति विश्वको समेत चासो छ । भेटवार्तापछि दुई कोरियाका नेता रात्रीभोजमा सहभागी हुने छन् । रात्रीभोजको मेनुमा दुवै देशका लोकप्रिय खाना राखिएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);