दुई कोरियाका शीर्ष नेताबीच अप्रत्याशित भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

दुई कोरियाका शीर्ष नेताबीच अप्रत्याशित भेटवार्ता

kim moon

काठमाडौं, १३ जेठ । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच पूर्वनिर्धारित मितिमै वार्ता हुने सम्भावना बढेको छ ।

उत्तर कोरियाली नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच सीमावर्ती गाउँ पानमुन्जोममा शनिबार भएको अप्रत्याशित भेटवार्तापछि किम र ट्रम्पबीच पूर्वनिर्धारित मितिमै वार्ता हुने सम्भावना बढेको हो । ट्रम्पले गएको विहिबार एकतर्फीरुपमा आगामी जुन १२ मा सिंगापुरमा तय गरिएको वार्ता स्थगित गरिएको घोषणा गरेका थिए ।

ट्रम्पले वार्ता स्थगित गरेको घोषणा गरेलगत्तै किमले दुःख व्यक्त गरेका थिए । किमसँगको वार्तामा दक्षिण कोरियाली राष्ट्रपति मुनले अमेरिकासँगको शिखर बैठकलाई सफल पार्नुपर्ने आवश्यकतामा जोड दिएको बताइएको छ । किम–मुन वार्तापछि ह्वाइट हाउसले सम्भावित शीर्ष बैठकको तयारीका लागि एउटा टोली सिंगापुर पठाउने तयारी गरेको छ ।

किम र मुनको दुई घण्टा लामो आकस्मिक भेटवार्तामा यसअघि स्थगित छलफल अघि बढाउने सहमति भएको छ । सहमति अनुसार दुई देशबीच आगामी शुक्रबार थप छलफल हुने उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले जनाएको छ । शुक्रबारको बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्प र किमबीचको शिखर बैठकबारे पनि छलफल हुने बताइएको छ ।

उत्तर कोरियाली नेता किम पूर्वनिर्धारित मिति जुन १२ मा नै शिखर बैठक होस् भन्ने पक्षमा रहेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उता अमेरिकी राष्ट्रपति ट्रम्पले पनि शिखर बैठक गर्ने विषयमा उत्तर कोरियासँग एकदमै सकारात्मक छलफल भएको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);